ओलीबारे रावलको टिप्पणी- निकुञ्ज र वनको जग्गा पनि व्यक्तिलाई दिन लागेछन् « Khabarhub

ओलीबारे रावलको टिप्पणी- निकुञ्ज र वनको जग्गा पनि व्यक्तिलाई दिन लागेछन्


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को आरोप लगाएका छन् ।

भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गा पनि व्यक्तिलाई दिन सकिने प्रपञ्च ओलीले गरिरहेको आरोप रावलले लगाएका छन् ।

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिएको सन्दर्भमा रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षण गर्न बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भनेर प्रश्न गरेका छन्।

गत पुस ११ गते एमालेबाट निकालिएपछि रावलले प्रधानमन्त्री ओलीबारे आक्रामक टिप्पणी गरिरहेका छन् । उता ओलीनिकट र एमालेका नेताहरूले रावललाई राजावादी बन्न लागेको भन्दै कटाक्ष गरिरहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : १३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि