ओलीबारे रावलको टिप्पणी- निकुञ्ज र वनको जग्गा पनि व्यक्तिलाई दिन लागेछन् « Khabarhub

ओलीबारे रावलको टिप्पणी- निकुञ्ज र वनको जग्गा पनि व्यक्तिलाई दिन लागेछन्


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेबाट निष्कासित नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्को आरोप लगाएका छन् ।

भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन र निकुञ्जको जग्गा पनि व्यक्तिलाई दिन सकिने प्रपञ्च ओलीले गरिरहेको आरोप रावलले लगाएका छन् ।

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले रोकिदिएको सन्दर्भमा रावलले यस्तो टिप्पणी गरेका हुन् । उनले पञ्चायतकालमा समेत प्राकृतिक सम्पदाको संरक्षण गर्न बनाइएका निकुञ्जको जग्गा व्यक्तिलाई दिन तम्सिनु भूमाफियाको स्वार्थपूर्ति गर्ने खेल हो कि ? भनेर प्रश्न गरेका छन्।

गत पुस ११ गते एमालेबाट निकालिएपछि रावलले प्रधानमन्त्री ओलीबारे आक्रामक टिप्पणी गरिरहेका छन् । उता ओलीनिकट र एमालेका नेताहरूले रावललाई राजावादी बन्न लागेको भन्दै कटाक्ष गरिरहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : १३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर