माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली | Khabarhub Khabarhub

माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

धनगढी– घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङमा एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा थलारा गाउँपालिका–३ देवल निवासी राधिका जोशी (उपाध्याय) छिन् ।

सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी हुन् । त्यहीकारण उनको घटनास्थलमै मृत्यु भएको हो ।

यहाँका गाउँमा सुत्केरी भएकै समयमा पनि भारी काम गर्नुपर्ने, घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

माटोको खानमाथि रहेको ठूलो ढुंगा खसेर उनी च्यापिएकी थिइन् । उपाध्यायकी ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन् ।

आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । पति कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकका रुपमा कार्यरत छन् ।

कार्यालयमा रहेका पति पत्नीको निधनको खबर सुनेर घरमा गएका छन् । माघी पर्वको मुखमै २४ वर्षीया राधिकाको निधनले गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ५४ बजे

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका

कर्णालीमा अझै ५० ठाउँमा तुइन

सुर्खेत– तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको

भारतसँगको दोस्रो टेस्टमा इङ्गल्यान्डको कमब्याक

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा टोली बीचको दोस्रो टेस्टमा

दुई नेपाली फिल्मलाई ६ शो, हलमा १२ वटा विदेशी फिल्म

काठमाडौं – प्रदर्शनका हिसाबले असार महिना नेपाली फिल्मका लागि खासै

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बीमा दाबी

काठमाडौं– रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक