कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु | Khabarhub Khabarhub

कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला आजबाट शुरु भएको छ । वर्षेनी माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने मेला यसवर्ष भने २० गतेसम्म लाग्ने कटारी नगरपालिकाले जनाएको छ ।

कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेला त्रिवेणी मेलाको रूपमा परिचित छ । तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे शरीरमा रहेको चर्मरोग निको हुने, पशुपक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको कटारी नगरपालिका-२ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उल्लेख गरे । 

यस मेलामा कोशी, मधेश, बाग्मती प्रदेशको अलावा भारत बाट समेत तिर्थालू आउने गरेको अध्यक्ष थापा बताउँछन् ।

माघे सङ्क्रान्तिमा मात्र नभएर माघ महिना भरनै देशभरिका भक्तजन त्रिवेणी मेला आउने गरेको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

सडक सञ्जाल जोडिनु पूर्व पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुका स्थानीयवासीले यो मेलाबाट आवश्यक लत्ता, कपडा, नुन, तेल, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर ,कृषि उत्पादन मेलाको आकर्षण हुने गरेको कटारी नगरपालिका उप प्रमुख गीता खड्काको भनाई छ । 

मेला उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमानामा लाग्दै आएको छ । मैनि मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्यमा त्रिवेणी मेला पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै,मेलामा सिन्धुलीको जुनार, ओखलढुङ्गाको राढी पाखी र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : १२ बजे

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र

श्रावणको पहिलो सोमबार म्याग्दीको गलेश्वरधाममा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको