गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै « Khabarhub

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ मंगलबार कतारमा सुरु हुने भएको छ ।

‘आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, ‘मंगलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदै छ ।’

इजरायलका गुप्तचर निकायका प्रमुखहरू, आगामी र निवर्तमान अमेरिकी प्रशासनका मध्यपूर्व दूतहरू र कतारका प्रधानमन्त्री वार्तामा सहभागी हुने स्रोतले जनाएको छ । ‘मध्यस्थकर्ताहरूले हमाससँग छुट्टै वार्ता गर्नेछन्’, स्रोतले भन्यो ।

इजरायल र हमासबीच गाजा युद्धको अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूलाई रिहा गर्ने उद्देश्यले मध्यस्थहरू कतार, संयुक्त राज्य अमेरिका र इजिप्ट महिनौँदेखि वार्तामा संलग्न छन् । 

जनवरीको सुरुदेखि दोहामा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको छ । वार्तामा जानकार एक स्रोतले सोमबार बताएअनुसार कतारमा भएको वार्तामा ‘बाँकी रहेका अड्चनहरूमा उल्लेखनीय प्रगति’ भएको छ र पक्षहरूलाई नयाँ ‘ठोस’ प्रस्ताव प्रस्तुत गरिएको छ । स्रोतले दुवै पक्षबाट प्रारम्भिक ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त भएको बतायो ।

स्रोतका अनुसार प्रस्तावमा प्रारम्भिक आदान–प्रदानमा सयौँ प्यालेस्टिनी कैदीको बदलामा ३० भन्दा बढी इजरायली बन्धकलाई रिहा गर्ने कुरा समावेश छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ४७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर