गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै « Khabarhub

गाजामा युद्धविराम प्रयास : कतारमा ‘अन्तिम चरण’को वार्ता हुँदै


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दुबई– इजरायल–हमास युद्ध अन्त्य गर्ने उद्देश्यले १५ महिनाभन्दा बढी समयपछि वार्ताको ‘अन्तिम चरण’ मंगलबार कतारमा सुरु हुने भएको छ ।

‘आज दोहामा अन्तिम चरणको वार्ता हुने अपेक्षा गरिएको छ’, वार्ताको संवेदनशीलताका कारण नाम नछाप्ने सर्तमा बोल्दै स्रोतले एएफपीलाई भन्यो, ‘मंगलबारको बैठक सम्झौताको बाँकी विवरणलाई अन्तिम रूप दिने उद्देश्यले गरिँदै छ ।’

इजरायलका गुप्तचर निकायका प्रमुखहरू, आगामी र निवर्तमान अमेरिकी प्रशासनका मध्यपूर्व दूतहरू र कतारका प्रधानमन्त्री वार्तामा सहभागी हुने स्रोतले जनाएको छ । ‘मध्यस्थकर्ताहरूले हमाससँग छुट्टै वार्ता गर्नेछन्’, स्रोतले भन्यो ।

इजरायल र हमासबीच गाजा युद्धको अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धकहरूलाई रिहा गर्ने उद्देश्यले मध्यस्थहरू कतार, संयुक्त राज्य अमेरिका र इजिप्ट महिनौँदेखि वार्तामा संलग्न छन् । 

जनवरीको सुरुदेखि दोहामा अप्रत्यक्ष वार्ता पुनः सुरु भएको छ । वार्तामा जानकार एक स्रोतले सोमबार बताएअनुसार कतारमा भएको वार्तामा ‘बाँकी रहेका अड्चनहरूमा उल्लेखनीय प्रगति’ भएको छ र पक्षहरूलाई नयाँ ‘ठोस’ प्रस्ताव प्रस्तुत गरिएको छ । स्रोतले दुवै पक्षबाट प्रारम्भिक ‘सकारात्मक’ प्रतिक्रिया प्राप्त भएको बतायो ।

स्रोतका अनुसार प्रस्तावमा प्रारम्भिक आदान–प्रदानमा सयौँ प्यालेस्टिनी कैदीको बदलामा ३० भन्दा बढी इजरायली बन्धकलाई रिहा गर्ने कुरा समावेश छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ३ : ४७ बजे

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र