लोकतन्त्र र संघीयता सम्बन्धी प्रशिक्षणमा भागलिन नेताहरु अमेरिका जाँदै « Khabarhub

लोकतन्त्र र संघीयता सम्बन्धी प्रशिक्षणमा भागलिन नेताहरु अमेरिका जाँदै


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेशनल डेमोक्रेटिक इन्स्टिच्यूटको आयोजनामा अमेरिकामा हुने लोकतन्त्र सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु त्यसतर्फ जाने भएका छन् ।

सेप्टेम्बर ९ देखि १३ तारिखसम्म वासिङटन डिसीमा हुने कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट शुरेन्द्र पाण्डे, निरु पाल, विजय सुब्बा, अन्जना विशुंखे सहभागी हुने भएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल र सरिता प्रसाई सहभागी हुनेछन् भने राजपा नेपालका राजेन्द्र महतो समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् ।

नेपालको लोकतन्त्र र संघीयता अभिवृद्धि गर्ने उद्देश्यले नेशनल डेमोक्रेटिक इन्स्टिच्यूटले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको हो ।

प्रशिक्षणमा सहभागी हुन उनीहरु शनिबार साँझ त्यसतर्फ लाग्नछन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ७ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन