पुनर्निर्माणको काम सन्तोषजनक हुन सकेनः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी | Khabarhub Khabarhub

पुनर्निर्माणको काम सन्तोषजनक हुन सकेनः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् ।

नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण जुन गतिमा हुनुपर्ने हो त्यो हुन नसकेको बताए ।

“सामुदायिक विद्यालय सम्पूर्ण नेपालीको विद्यालय हो, यसको पुनःनिर्माण चाँडो हुनुपर्छ”, उनले भने ।

उनले विश्वका हरेक देशको विकास सामुदायिक विद्यालयमा पढेका विद्यार्थीबाट भएको भन्दै नेपालको सामुदायिक विद्यालयलाई राम्रो बनाउन सरकार लाग्नुपर्ने उल्लेख गरे ।

अहिले मुलुकमा संस्कृति, सभ्यता सिकाउने नैतिक शिक्षाको खाँचो रहेको उहाँको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले अहिलेको समयमा प्रविधियुक्त शिक्षाको खाँचो रहेको बताए ।
“सीपमूलक र गुणस्तरीय शिक्षा अहिले मुलुकका लागि आवश्यक छ”, उनले भने ।

नेपाल पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक इमनारायण श्रेष्ठले विसं २०७२ को भूकम्पले क्षति पु¥याएका आठ हजार विद्यालयमध्ये पाँच हजार विद्यालय पुनःनिर्माण गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ०९ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्