तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारी « Khabarhub

तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारी


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तिहार अघि स्थानीय निकायमा प्राविधिक कर्मचारीले कार्य गर्ने बताएका छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेशस्तरीय अन्तर समन्वय तथा विकाससम्बन्धी दुई दिने अन्तरक्रियामा उनले जनतालाई सहज ढङ्गले सेवा पु¥याउन ३० हजार कर्मचारीको दरबन्दी वृद्धि भएको र तिहारपछि प्रशासनिक क्षेत्रका कर्मचारी कार्यक्षेत्र जाने जानकारी दिए ।

मन्त्री पण्डितले करारमा कर्मचारी भर्ना गर्दा साधारण खर्च बढ्न गई विकास खर्चमा असर पार्ने बताए । विगतको जस्तो कर्मचारीलाई अब प्रशिक्षण नहुने जानकारी दिँदै उनले जनप्रतिनिधिको माग र आवश्यकताअनुसार तालीम सञ्चालन गरिने स्पष्ट पारे ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जनप्रतिनिधि र कर्मचारीको क्षमता वृद्धिमा तालीम सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसैबीच मन्त्री पण्डितले शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी उत्तीर्ण प्रतिशत वृद्वि गर्नुपर्ने बताएका छन् । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालय भवन उद्घाटन कार्यक्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गरी प्रतिस्पर्धी मानवस्रोत तयार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ३० बजे

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण