माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय | Khabarhub Khabarhub

माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा सभासहितको भव्य कार्यक्रम गर्ने निर्णय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

नेताहरूको कार्य व्यस्तताका कारण मोर्चा सुस्त भएको समीक्षा गर्दै मोर्चालाई सशक्त रूपमा अघि बढाउने निर्णय गरिएको उनले बताए । उनले मोर्चाका सबै गतिविधि र कामको समीक्षा गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको र माघ १२ गतेभित्र शीर्ष तहमा प्रतिवेदन हस्तान्तरण गर्ने जानकारी दिए ।  

त्यस्तै बैठकमा सरकारको पछिल्ला क्रियाकलापका विषयमा छलफल भएको र संसद् छलेर सरकार अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका देखिएको विश्वकर्माले बताए । यसअघि समाजवादी मोर्चाको पछिल्लो बैठक साउन ६ गते बसेको थियो । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ०९ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’