कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल « Khabarhub

कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भूकम्पको उच्च जोखिममा रहेको बताएका छन् ।

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले आज वीरेन्द्रनगरमा २७औँं भूकम्प सुरक्षा दिवस–२०८१ आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विभिन्न तथ्याङ्कले कर्णाली प्रदेश भूकम्पीय उच्च जोखिममा रहेको बताएका हुन् ।

“विपद् प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ,” उनले भने, “यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ ।”

जाजरकोट भूकम्पका प्रभावितको पुनःनिर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले विकास साझेदारहरु एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए । सो कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले कर्णाली भूकम्पको उच्च जोखिममा भएकाले सधैँ सतर्क रहनुपर्ने बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ०२ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट