टानको अध्यक्षमा खुमबहादुर विजयी « Khabarhub

टानको अध्यक्षमा खुमबहादुर विजयी


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बनेका छन् । पराजित थापाले ४३८ मत प्राप्त गरे । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गरेका थिए । थापा समूहकी सरिता लामा महासचिवमा विजयी भएकी छन् । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उनले १३ मतले पराजित गरे ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएकी छन् । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : २३ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र