प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र « Khabarhub

प्रभावकारी भएन यातायातको प्रदूषण मापनयन्त्र


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङस्थित यातायात व्यवस्था कार्यालयमा रहेको सवारी प्रदूषण मापनयन्त्र प्रभावकारी रुपमा प्रयोग हुनसकेको छैन । गएको वर्ष भदौमा कार्यालयमा उक्त यन्त्र भित्र्याइएको भएपनि अहिलेसम्म ७५ वटामात्रै सवारीसाधनको प्रदूषण मापन गरिएको यातायात कार्यालय दाङका प्रशासन प्रमुख रेश्मीराज अधिकारीले जानकारी दिए ।

‘एक वर्षअघि उक्त यन्त्र भित्र्याइएको हो’, उनले भने, ‘तर उक्त यन्त्र प्रभावकारी रुपमा प्रयोगमा आउन सकेन, अहिलेसम्म ७५ सवारीसाधनको मात्रै प्रदूषण मापन गरिएको छ ।’

सवारी धनीले प्रदूषण मापनको महत्व नबुझ्दा पनि यस्तो समस्या देखिएको उनको भनाइ थियो । ‘प्रायः गाडी काठमाडौँमै प्रदूषण मापन गरेर आउने गरेका छन्’, उनले भने, ‘यसले गर्दा पनि दाङमा प्रदूषण मापन गर्नेको सङ्ख्यामा कमी आएको हो ।’

यातायात व्यवस्था कार्यालय दाङले ट्राफिक प्रहरीसँग समन्वय गरी सवारीसाधनको यन्त्र ठीक भएमा हरियो स्टिकर लगाउने व्यवस्था गरेको छ । गाडीको धुवाँले वातावरणमा कति असर गरिरहेको छ, भन्ने पत्ता लगाउनका लागि कालो धुँवा मापन गर्ने गरिन्छ ।

पहिले यो सेवाका लागि काठमाडौँ नै जानुपथ्र्यो तर दाङमै यो सुविधा हुँदा पनि प्रभावकारी प्रयोग नदेखिएको उनको भनाइ थियो । गाडीको प्रदूषण मापन यातायात व्यवस्था विभागले अनिवार्य बनाएको छ । हरेक सवारीसाधनको ६/६ महिनामा प्रदूषण जाँच गराउनु पर्दछ । एक–पटक जाँचेको ३५ मात्रै राजश्व लाग्छ । मोटरसाइकलबाहेक सार्वजनिक, निजी सबै सवारीसाधनको अनिवार्य प्रदूषण मापन गरिन्छ ।

जाँचपश्चात् सवारीसाधनको इञ्जिन सही भए/नभएको प्राविधिकले परीक्षण गर्दछन् । सही भए हरियो स्टिकर टाँसी चलाउन अनुमति दिइन्छ भने कुनै समस्या भए बनाउन सुझाव दिइन्छ । उक्त यन्त्र यातायात व्यवस्था कार्यालय दाङमै राखिएको छ ।

अहिलेसम्म ट्राफिकलाई स्टिकर लगाएको/नलगाएको बारेमा जाँच्नका लागि कुनै निर्देशन नभएको ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले बताए । स्टिकर लगाएको, नलगाएको बारेमा अनुगमन गर्न कुनै निर्देशन नदिएको भन्दै अहिलेसम्म कुनै पनि सवारीलाई कारवाही नगरिएको उनको भनाइ छ ।

मोटरसाइकलबाहेक अन्य सवारीधनीले आफ्नो सवारीसाधनमा हरियो स्टिकर नलगाए कारवाही हुने भनिए पनि अधिकांश सवारीसाधनमा हरियो स्टिकर नलगाएको पाइएको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : ०० बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका