मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नु « Khabarhub

मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नु


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै सो निर्देशन दिएकी हुन् ।

उनले भनिन्, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक बृद्धिका लागि सहयोग पुर्याउने गरी कुनैपनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिन सक्छ र नेपालको आर्थिक विकासका प्रयासहरुलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उनको सुझाव थियो ।

मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत् काम गर्न लागेकाले नेपालका सबै मिसनहरुले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाई थियो ।

मन्त्री डा राणाले भनिन् “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई विश्व बजारसम्म पुर्याउन आवश्यक देखिएको छ ।”

मन्त्री डा राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवर्धन गर्ने कामका लागि आफू रहेका स्थानहरुमा समय समयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी थिइन् ।

नेपालले आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्याहरुलाई ध्यानमा राखेर जलवायु न्यायको विषयलाई विश्वव्यापी रुपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा सम्वाद कार्यक्रमको सफलताका लागि पनि आ आफ्ना ठाउँबाट लाग्न मन्त्री डा राणाले सबैलाई आग्रह गरिन् ।

उनले भनिन् “आफू र आफ्नो क्षेत्राधिकार रहेका मुलुकको सरकार, विभिन्न निकाय र निजी क्षेत्रसँग यथाशक्य सम्पर्क र सम्बन्ध बढाई उनीहरुका नीतिहरुलाई राष्ट्रको स्वार्थअनुकुल बनाउन लाग्नुहोस् । हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भर पर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्नुहोस् ।”

मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको संगठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताउँदै यसबाट परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताइन् ।

विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उनीहरुको हितको रक्षा गर्दै खाँचो र आवश्यकताहरुमा ध्यान दिन तथा उनीहरुका समस्या र गुनासाहरुमा सहजै उपलब्ध भइदिन पनि सबै मिसन प्रमुखहरुलाई निर्देशन दिइन् ।

परारष्ट्र सचिव अमृतबहादुर राइले आफू रहेका देशका नीति एवं कार्यक्रमहरुलाई नेपालको स्वार्थअनुकुल बनाउन तथा विदेशमा रहेका नेपालीहरुको हक हितको रक्षा गरी वैदेशिक रोजगारीमा रहेको ठूलो नेपाली समुदायको हितको प्रवर्धनमा लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : २९ बजे

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा