राजपाले कार्यकर्ताको मनोभावना बुझेर पार्टीको कार्यदिशा बनाउने « Khabarhub

राजपाले कार्यकर्ताको मनोभावना बुझेर पार्टीको कार्यदिशा बनाउने


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पार्टी पार्टीको आगामी कार्यदिशा बनाउन छलफलमा जुटेको छ । राजपाको केन्द्रीय अध्यक्ष मण्डल यतिबेला जनकपुर पुगेका २ नम्बर प्रदेश सरकारले गरेको काम, स्थानीय सरकारबाट भएका प्रगति र आम कार्यकर्ताको धारणा लिने क्रममा रहेको अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले खबरहवलाई जानकारी दिए ।

बैठकमा २ नम्बर प्रदेशको प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्ने नै जनकपुर बैठकको उद्देश्य रहेको यादवले बताए । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । जहाँ राजपाले ३ मन्त्रालय पाएको छ ।

शुक्रबारदेखि शुरु भएको बैठकमा प्रदेश सरकारले गरेको कामको समीक्षा गरेको र मन्त्रीहरुले कार्यका विषयमा छलफल गरिएको यादबले बताए । उनले भने, ‘हामीले हिजो प्रदेश सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्‍यौ । आज स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौं ।’

बैठकमै रहेका यादबले आइतबारसम्मको छलफलमा समग्रपार्टी सञ्चालनका लागि चाहिने कार्यदिशा बनाइने बताए । उनले भने, ‘हामी जनताको मनोभावना बुझेर पार्टीलाई कसरी अघि लैजाने भन्ने योजनामा छौं । कार्यकर्ताको मनोभावना अनुसार पार्टीको आगामी कार्यदिशा बन्नेछ ।’

बैठकमा पार्टीको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ०५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी