मेलम्ची क्षेत्रको निषेधाज्ञा जारी « Khabarhub

मेलम्ची क्षेत्रको निषेधाज्ञा जारी


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा जारी गरिएको निषेधाज्ञा जारी छ । पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्‍याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले जानकारी दिइन ।

इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।

सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गोली प्रहार गर्दा केही मजदुर घाइतेसमेत भएका थिए । सिएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १२ : ३६ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा