एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक « Khabarhub

एउटा भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा एउटा भयानक दुर्घटना भएको छ ।

उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो ।

ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे ।

स्थानीयले पानी खन्याएर आगो निभाउन कोसिस गरे पनि सफल हुन सकेनन् । पानी खन्याएर आगो ननिभ्दा मोटरसाइकल चालक तामाङ घटनास्थलमै जलेर ज्यान गुमाउन बाध्य भए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ६ : ०८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी