वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दोलखा तामाकोशी गाँउपालिका वडा नं. ०१ स्थायी ठेगाना भइ ललितपुरको महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार केसी रहेका छन् । उनीविरुद्ध ज्यान मार्ने उधोग कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सहकारी ठगी प्रकरण सम्बन्धी मुद्धामा बुधबार बहस सकेर निस्कँदै गर्दा काठमाडौं जिल्ला अदालत बाहिर अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका थिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ९ : ०८ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

जस्टिस समिट २०२५ : जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड

काठमाडौं – जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी

पौडी खेल्ने क्रममा वेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो

गोरखा – गोरखा नगरपालिका–१० छेबेटारस्थित दरौदी नदिमा पौडि खेल्ने क्रममा

फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना