भद्रपुरमा शून्य खनजोतमा मकैखेती | Khabarhub Khabarhub

भद्रपुरमा शून्य खनजोतमा मकैखेती


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत शून्य खनजोतमा मकैखेती सुरु गरेको छ ।

लागतमा कमी तथा बाँझो जमिनलाई उपयोग गर्ने उद्देश्यका साथ यो खेती प्रणाली सुरु गरिएको कृषि विकास अधिकृत सुमन विमलीले जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानमा नयाँ कृषि प्रविधितर्फ आकर्षण बढाउनुका साथै परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको उनले बताए ।

यस प्रविधिले माटोको संरचनालाई जोगाइ पानीको सदुपयोग, माटोको उर्वरा शक्ति बढाउन र मलखादको प्रयोगलाई कम गर्दै वातावरणीय सन्तुलन कायम राख्न समयोग पुर्‍याउने विमलीले उल्लेख गरे । प्रदर्शनी कार्यक्रममा कृषि विज्ञहरूद्वारा शून्य खनजोत खेतीको विधि, फाइदा र यसको व्यावहारिक पक्षबारे विस्तृत जानकारी गराएका थिए ।

प्रदर्शनीमा दुई वर्षदेखि बाँझो रहेका चौर, धान काटेपछिको बाँझो जमिन र एकपटक जोतेको करिब छ बिघा जमिनमा अल राउन्डर र सिपी गरी दुई जातका बीउ तीन तरिकाले लगाइएको थियो । प्रदर्शनी हेर्न आएका किसान श्रम र लागत कम हुनका साथै उत्पादन बढ्ने भएपछि उत्साहित भएका कृषि विकास अधिकृत सुमन विमलीले बताए ।

नगरपालिकाले शून्य खनजोत खेतीलाई प्रोत्साहन गर्न विभिन्न किसिमका अनुदान र सहुलियतमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए । किसानलाई आधुनिक कृषि प्रविधिसँग जोडन सके मात्र लाभ हुने भन्दै सोका लागि तयारीस्वरुप प्रदर्शनी कार्यक्रम थलानी गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ११ : १२ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा