रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह « Khabarhub

रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैंकक– नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो ।

दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याडलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ । 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : १३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात