कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू) « Khabarhub

कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू)


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज दोश्रो साता गएको बाढीपहिरोले क्षति गरेको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ ।

रोशी खोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरूले सास्ती भोग्नु परेको हो ।

क्षतिग्रस्त राजमार्ग कहिले बन्ने भन्ने कुनै टुङ्गो छैन । सरकारी स्तरको निर्णय र आर्थिक सहायता बिना सो राजमार्ग पुनर्निर्माण हुने सम्भावना देखिँदैन ।

सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसीबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ८ : १२ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको