बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने « Khabarhub

बुमराहले च्याम्पियन्स ट्रफी खेल्ने


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – चोटले सताइएको भारतले आसन्न च्याम्पियन्स ट्रफीमा स्टार खेलाडी जसप्रित बुमराहलाई समावेश गर्ने सम्भावना प्रबल भएको छ। श्रोतका अनुसार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले शनिबार टोलीको घोषणा गर्नेछ।

भारतले च्याम्यिन्स ट्रफीमा २० फेब्रुअरीका दिन पहिलो खेल बङ्गलादेशसँग खेल्ने छ। २३ फेब्रुअरीमा पाकिस्तान तथा २ मार्चमा न्युजिल्यान्डसँग खेल्नेछ। ४ र ५ मार्चमा सेमिफाइनल हुनेछ। ९ मार्चमा प्रतियोगिताको फाइनल हुनेछ। उनको फिटनेस लेभल परीक्षण गर्नका लागि इङ्गल्यान्डविरुद्ध हुने तीन खेलको शृङ्खलामा कम्तीमा एउटामा खेलाइने सम्भावना प्रबल छ।

यसैगरी, गत विश्वकपदेखि टाढा रहेको मोहम्मद सामीको बारे पनि प्रश्न उठ्न थालेका छन्। उनी अहिले घरेलु क्रिकेटमा फर्किएका छन्। साथमा इङ्गल्यान्डसँगको शृङ्खलाका लागि घोषित टोलीमा पनि अटाइएका छन्।

च्याम्पियन्स ट्रफीमा कुलदिप यादवको फिटनेस पनि शङ्काको घेरामा परेको छ। उनले च्याम्पियन्स ट्रफी अघि नै आफू फिट रहेको पुष्टि गर्नु आवश्यक देखिएको छ।

सुभमन गिल र रोहित शर्माको वैकल्पिक प्रारम्भिक ब्याट्सम्यानका बारे त्यत्तिकै चासो छ। लोकेश राहुल, ऋषभ पन्त, सञ्जु सामसन र ध्रुव जुरेलका बिचमा दुई विकेट किपर ब्याट्सम्यानका बारे पनि धेरैको चासो छ।

स्पिनर अलराउण्डर सिम अलराउण्डर मध्य कसले प्राथमिकता पाउने भन्ने चासो पनि धेरैमा छ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ०१ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल