जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छावा (बच्चा)सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार जङ्गली हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो ।

घिमिरेको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विगत एक महिनादेखि मोरङको उत्तरी भेगको जङ्गल र बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ४३ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व