जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

छावा (बच्चा)सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार जङ्गली हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो ।

घिमिरेको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विगत एक महिनादेखि मोरङको उत्तरी भेगको जङ्गल र बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ४३ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत