मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद  « Khabarhub

मोरङ पुगेर प्रचण्डले लिए ‘भक्का’को स्वाद 


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मोरङ आइपुगेका छन् । शुक्रबार (हिजो) साँझ उनी विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ आइपुगेका हुन् ।

उनले आज मोरङस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै, होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने छन् भने मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

अध्यक्ष प्रचण्डले आज बिहान विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी–जलजला चोक–अस्पताल चोक–जिल्ला प्रशासन कार्यालय हुँदै पुनः ठूलोमिल चोकमा मर्निङ वाक गरेका छन् ।

यस्तै उनले बिहानै राजवंशी समुदायको भक्काकाे स्वाद लिएको समेत सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘शुभ प्रभात ! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।’

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : ४५ बजे

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत