ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु | Khabarhub Khabarhub

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ ।

संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैँसी पाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा पहिलो पटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड द्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैन्बु भैँसेपाटीमा रहेको मन्त्री निवास सहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बुढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रो पार्क, ललितपुर महानगरपालिका–८,९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानहरूमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । 

परियोजनाले विशेषत: शहरी र अर्ध–शहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । 

उनले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीहरूलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ । यो पहलले ललितपुर जिल्लाका नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १२ : ३५ बजे

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड