प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान | Khabarhub Khabarhub

प्रचण्डद्वारा ग्रामथानका ज्येष्ठ नागरिकलाई सम्मान


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान २ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

अध्यक्ष प्रचण्डले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीय गंगादेवी लुइँटेल र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन ।

सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरूबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्नेसमेत बताए । 

आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका  लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  २ : ३२ बजे

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड

अन्तर्राष्ट्रिय दबाबपछि गाजामा राहत वितरण

काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि