नेपालमा लागनी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह | Khabarhub Khabarhub

नेपालमा लागनी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चीन सरकार, चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

चिनियाँ दुतावासले शनिबार राजधानीमा आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण निर्माण भएको दाबी गरे ।

उनले चिनियाँ लगानीकर्तालाई निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे ।

राजनीतिक स्थायीत्व संगै नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए ।

उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीन विरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकिय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको उनको भनाइ छ ।

कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीन ीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनतरका सम्बन्धहरु विस्तार हुँदै गएको बताए ।

कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु, व्यवसायीहरु सहभागी छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ३ : १४ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट