सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह « Khabarhub

सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ : मुख्यमन्त्री सिंह


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश आन्दोलनको बलमा प्राप्त सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक रहेको बताएका छन् ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानले सातौँ बलिदानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले सङ्घीयतासहितको संविधान मधेश आन्दोलनकै उपज भएको भन्दै यसलाई सुदृढीकरण गर्न थप सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताए ।

मुख्यमन्त्री सिंहले सङ्घीयतापछि प्रदेश सरकार पाए पनि प्रहरी प्रशासन व्यवस्थापन र ठूल विकास आयोजनालगायत काम गर्न सङ्घकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गरेका छन् ।

“प्रदेशमा मुख्यमन्त्री, मन्त्री र अन्य अङ्गहरू क्रियाशील छन् तर हातखुट्टा बाँधेर काम गर भनेजस्तो अव्सथा छ । यसैकारण धेरै काम गर्न सकिएको छैन । यो अवस्था अन्त्य गर्न जरूरी छ”, उनले भने ।

मुख्यमन्त्री सिंहले व्यवस्था परिवर्तनका लागि ज्यानको आहुति दिने सहिदको सम्मानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदा सहिदहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ४५ बजे

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।