कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ « Khabarhub

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ


५ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

झापा – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको हो ।

आक्रमणबाट थापा घाइते भएका छन् । उनको आँखामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ ।

नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् । भोलि बिहान पत्रकार सम्मेलन गरेर घटनाको थप जानकारी गराइने बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : ३२ बजे

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।