कंगोमा तीन चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय « Khabarhub

कंगोमा तीन चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – अवैध रुपमा खानी दोहन गरेको आरोपमा अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा तीन जना चिनियाँ नागरिकलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । कंगोको अदालतले उनीहरुलाई ६ लाख अमेरिकी डलर जरिवाना समेत तिर्न आदेश दिएको छ ।

उनीहरुलाई गत जनवरी ४ मा १० वटा सुनको बार र ४ लाख अमेरिकी डलरसहित पक्राउ गरिएको थियो । उनीहरुलाई ठगी, सम्पत्ति शुद्धीकरण र लुटपाटको अभियोगमा पनि दोषी ठहर गरिएको छ ।

हाल उनीहरुलाई प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी शहर बुकाभुमा राखिएको समाचार संस्था एपीले जनाएको छ । औपचारिक अनुमतिबिना प्रजातान्त्रिक गणतन्त्र कंगोमा खानी दोहन गरेको आरोपमा विदेशी नागरिकलाई दोषी ठहर गरिएको यो पहिलो घटना हो ।

पूर्वी कंगोमा धेरैवटा चिनियाँ कम्पनीहरु सुन तथा अन्य महत्वपूर्ण खनिज पदार्थको उत्खननमा सक्रिय छन् । चिनियाँ अभियुक्तका कानुन व्यवसायीले भने अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : २२ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली