राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै | Khabarhub Khabarhub

राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाउने छ ।

यसअघि पुस २६ गते बहस सकिएको मुद्दामा फैसला सुनाउनका लागि पुस २९ गते पहिलो पेसी तोकिएकोमा अन्तिममा सूचीबाट हटेकोमा आजका लागि निर्णय सुनाउने (निसु) तोकिएको थियो ।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय उठेको भन्दै उक्त रिट पूर्ण इजलासमा पठाएको थियो ।

यसअघि राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरेको र त्यसलाई अनिवार्य गर्दा ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भन्दै २०८१ असार २१ गते सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटमा गत असार ३० गते न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ र कारण पेस गर्न आदेश गरेको थियो ।

त्यसपछि भदौ ५ गते भएको दोहोरो बहसपछि सर्वोच्चले रोक लगाउने निर्णय सुनाएको थियो । सो निर्णयपछि सरकार लिखित जवाफसहित रिटको फैसलामा जानुपर्नेमा भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : २५ बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका