जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा « Khabarhub

जापानस्थित नेपाली दूतावासद्वारा आयोजित घुम्ती शिविरमा १४०० भन्दा बढीले लिए सेवा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको कुशल नेतृत्वमा नेपाली दूतावासले हालैका दिनहरूमा उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ । जापानमा रहेका नेपाली समुदायबीच दूतावासको प्रभावकारी व्यवस्थापनको प्रशंसा बढ्दै गएको छ।

दूतावासद्वारा आयोजित घुम्ती शिविरहरूले नेपाली समुदायलाई अत्यधिक राहत प्रदान गरेको छ। हालै नागोया शहरमा आयोजित शिविरमार्फत १४०० भन्दा बढी नेपालीले सेवा प्राप्त गरेका छन् ।

यो संख्यामा १२३० राहदानी नविकरण, १०२ अस्थायी अभिलेख, १५ जन्म दर्ता, र २ कागजात प्रमाणीकरण भएका छन् । नागोयाको शिविरले स्थानीय नेपाली समुदायको सेवा पाउने पहुँचलाई थप सहज बनाएको छ।

सेवाग्राहीहरूका अनुसार, पहिले दूतावासमा कल नउठ्ने समस्याले समस्या थपेको भए पनि अहिले यसमा सुधार गरिएको छ। 

दूतावासले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफ्ना सेवाहरूको जानकारी दिने तथा समाधान गर्ने अभ्यासले सेवाग्राहीहरूलाई घरमै बसेर सेवा पाउने अवसर प्रदान गरेको छ। यसले दूतावासप्रतिको विश्वासलाई अझ बलियो बनाएको छ।

जापानी सरकार, समाजसेवी, र बुद्धिजीवीहरूबाट समेत यी प्रयासहरूको उच्च मूल्याङ्कन भएको छ। विशेषगरी, नेपाली युवाहरू बीच महामहिम सुवेदीको सरल र सहयोगी व्यक्तित्वले लोकप्रियता पाउँदै गएको छ। उनलाई कतिपयले ‘सबैभन्दा सरल राजदूत’ को संज्ञा दिएका छन् ।

विदेशमा रहेर पनि नेपाली समुदायको सेवामा समर्पित दूतावासको यो कदमले नेपाल र नेपालीको छवि उजिल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सेवाग्राहीहरूले आफ्ना आवश्यकताहरू सहज रूपमा पूरा गर्न पाएको अनुभवले नेपालको कूटनीतिक सेवा झन् प्रभावकारी र जनमुखी बन्ने विश्वास दिलाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १ : ०२ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको