रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा | Khabarhub Khabarhub

रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।

पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो।

रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले यसअघि २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ ।

सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै अदालतमा मुद्दा लगेको हो ।

शुक्रबार नै मुद्दा लैजाने तयारी गरिए पनि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएपछि सरकारी वकिल कार्यालयले आइतबार १४ जनाविरुद्ध पूरक मुद्दा दर्ता गराएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जीबी राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी, कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी मात्रै कसुर लगाई २०८१ वैशाख ३ मा सुरु मुद्दा दर्ता गरेको थियो।

प्रहरीले थप १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको थियो । यसअघि रवि जिल्ला अदालत कास्कीमा ६५ लाख र जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

उता कास्कीमा ८८ लाख धरौटी तिरेर छुटेका छविलालको भने जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस चल्दैछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  २ : ४३ बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका