‘होटल बाराही काठमाडौं’लाई टफ्ट टाइगरबाट मिल्यो ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र | Khabarhub Khabarhub

‘होटल बाराही काठमाडौं’लाई टफ्ट टाइगरबाट मिल्यो ‘इको फुटप्रिन्ट’ प्रमाणपत्र


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राभल अपरेटर्स फर टाइगर (टफ्ट टाइगर)ले सस्टेनेबल प्राक्टिस (दिगो अभ्यास)मा उत्कृष्टता हासिल गरेपछि ‘होटल बाराही काठमाडौं’लाई ‘इको फुटप्रिन्ट’ सर्टिफाइड गरेको छ ।

टफ्ट टाइगरद्वारा प्रदान गरिएको उक्त अवार्डबारे जानकारी दिन राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर बाराही होटलका महाप्रबन्धक रोशन सापकोटा जानकारी दिए ।

विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्याङ्कनमा उत्कृष्ट रेटिङसहित टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगष्टसम्मलाई‘आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडर’का रुपमा होटललाई प्रमाणपत्र प्रदान गरेको हो ।

टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार मापदण्ड राखेको थियो । रेटिङमा होटलको वातावरणीय प्रभावलाई मध्यम मानेको छ ।

होटल वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रूपमा अभ्यास गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम सञ्चालन पनि मापदण्डअनुरुप रहेको उल्लेख गरिएको छ ।

होटलका कर्पोरेट निर्देशक योगेन्द्र विक्रम थापाले बाराही होटल दिगो विकासमा सधैँ चिन्तित रहेको बताए । उनले संस्थापकसहित सम्पूर्ण कर्मचारी तथा सरोकारवालाको मिहिनेत र साथले यो उपलब्धि मिलेको बताए ।

टफ्ट टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत बातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरणसम्बन्धी कानुन पालना र तालिमलगायतमा होटलको गतिविधिलाई आधार मानेको थियो ।

दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटलले पानीको संरक्षणदेखि पुनःउपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरुको पालनालाई समावेश गरिएको थियो ।

त्यसैगरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सीप र खानाको प्रवर्द्धन र स्थानीय उत्पादनको खपत अभ्यासलाई पनि समावेश गरिएको थियो ।

चौथो मापदण्डमा सामाजिक–सांस्कृतिक प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवर्द्धन गरेको सहयोगलाई आधार बनाइएको थियो ।

मूल्यांकनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानूनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रबर्द्धन, अपांगता भएका व्यक्तिहरुको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।

कम्पनीले होटलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय ह्विलचेयर उपलब्ध गराएको छ ।

होटलले स्थानीय संस्कृति प्रबर्द्धन, सीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रबर्द्धनमा दिएको प्राथमिकतालाई पनि मूल्यांकनको आधार बनाइएको थियो ।

त्यसैगरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामग्रीलगायतको सहयोगलाई पनि उक्त मूल्यांकनमा समावेश गरिएको थियो ।

होटल संघ नेपालका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले होटल बाराही काठमाडौंले दिगो विकासमा दिएको योगदानमा खुसी व्यक्त गर्दै नेपाल सरकारले पनि यस्ता प्रमाणीकरणका लागि मापदण्ड बनाउन पर्यटन विभागमा पहल गर्ने बताए ।

नेपाल ट्राभल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) महासचिव युविका भण्डारीले दिगो विकासलाई प्राथमिकतामा राख्दै होटल निर्माण र सञ्चालन सामान्य विषय नभएको उल्लेख गरिन् । उनले यस्तो अभ्यास सामान्य जीवनयापनमा पनि लागू गर्न सबै सचेत हुनुपर्नेमा जोड दिइन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले होटलहरूले मूल्यको प्रतिस्पर्धाबाट बाहिर निस्किएर गुणस्तरमा केन्द्रित हुँदै पर्यटक भित्र्याउन बाराहीले जस्तै प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए ।

स्कल नेपालका अध्यक्ष महेन्द्र पौडेलले बाराही होटलको यो प्रयासलाई पर्यटकले लामो समयसम्म सम्झिरहने बताए । वातावरण संरक्षणमा चासो राख्ने पर्यटकमा होटलप्रतिको विश्वस्नीयता बढेको उल्लेख गर्दै उनले होटल धेरैभन्दा धेरै पर्यटकको रोजाइमा पर्नेमा विश्वास व्यक्त गरे ।

बाराही हस्पिटालिटीअन्तर्गतको होटल बाराही काठमाडौं २०२३ जुलाइदेखि सञ्चालनमा आएको हो । सातौँ तल्लामा अल डे डाइनिङ छ । होटलको नवौँ तल्लामा इन्फिनिटी लाउन्ज छ ।

भुइँतल्लामा इली कफी आउटलेट छ । ब्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सञ्चालनको तयारी भइरहेको छ । होटलमा स्पा र फिटनेस सेन्टर निमाणाधिन छ । सातौँ तल्लामा नारायणहिटी दरबार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटलको आकर्षण हो ।

बाराही काठमाडौँ होटलले हालै ‘साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४’ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ ।

नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्डअनुसार ‘ए’ श्रेणी (अतिउत्तम वर्गीकरण) प्राप्त गरेको छ ।

बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा ‘होटल बाराही पोखरा’, ‘साराङकोट माउन्टेन लज’, ‘आबास पोखरा’ तथा चितवनमा ‘बाराही जंगल लज’ र काठमाडौँमा ‘बाराही काठमाडौं’ सञ्चालनमा छन् । चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको छ भने अन्य होटल पनि यसका लागि प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : ०० बजे

अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट

नुवाकोट – नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ

खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली

काठमाडौं – नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौं – नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा