ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते | Khabarhub Khabarhub

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए  । 

दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उनको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् । धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे पनि उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए । चालक बडुवाल दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्र्याक्टर चालिस मिटर तल खसेको थियो । मिमी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक वीरबहादुर चन्दको कमाण्डमा खटिएको छ जना प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्‍याएको हो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ३ : ५४ बजे

तुइन खोलामा पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक

रास्वपाले वृहत राजनीति संवाद गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २०

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल

‘स्टोरकिपर’ हाँस्दा रोएको सुशासन !

अघिल्लो सरकारको पालामा देशको विशिष्ट पदका व्यक्तिको विषयमा लेखिएको पुस्तकको