एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व « Khabarhub

एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ ।

शनिबार भएको पालिकका अधिवेशनबाट नयाँ नेतृत्व छानिएको हो ।

एमाले मेलम्ची नगरपालिकाको दोश्रो अधिवेशनबाट उपेन्द्र तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा पासाङ तामाङ , सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुल्ला र प्रतिमा धिताल चयन भएका छन् ।

सचिव शालिकराम अधिकारीका अनुसार पदाधिकारी ५ र ४८ सदस्यसहित ५३ सदस्यीय कमिटी चयन भएका छन् ।

अधिवेशनको उदघाटन एमाले केन्द्रीय सचिव पद्मा अर्यालले गरेकी थिइन् । उता एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन, उपसचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र केन्द्रीय सदस्य सुवास कर्मचार्यले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तामाङले एमालेबारे गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताए ।

त्यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई उनले आग्रह गरे । केन्द्रीय सदस्य कर्मचर्याले विगतका कमी-कमजोरीबारे अत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य माधवप्रसाद पाण्डे, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुनिता अधिकारी, प्रदेश कमिटी सदस्यहरू टासी लामा , देबेन्द्रबहादुर खत्री, अशोक चौलागाईं र जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायत उपस्थित थिए ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : १० बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व