वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण « Khabarhub

वार्षिक प्रतिवेदन छलफलमा प्रधानमन्त्री गएनन्, सरकारको ध्यानाकर्षण


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले ध्यानाकर्षण भएको जनाएको छ ।  

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा सभापति सभापति ठाकुरप्रसाद गैरेले सरकारको वार्षिक प्रतिवेदन छलफल गर्ने क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै ध्यानाकर्षण भएको बताए । 

उनले समितिको बैठकमा प्रधानमन्त्री वा मन्त्री अनिवार्य हुनुपर्ने अभ्यास रहेको अवगत गराए । समितिले आर्थिक वर्ष २०७९/०८० नेपाल सरकारको वार्षिक प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको थियो । सभापति गैरेले सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आउन ढिलाइ भएकोप्रति ध्यानाकर्षण भएको बताए ।  

बैठकमा मुख्यसचिव एकनारायण अर्यालले आगामी दिनमा सरकारका तर्फ प्रतिनिधित्व गर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताए  । उनले तीन तहका सरकारबीच देखिएका असमझदारीलाई अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन तयार पारेको उल्लेख गरे  । मुख्यसचिव अर्यालले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक कानूनलाई छिटो अघि बढाउनुपर्नेमा जोड दिए ।  

छलफलमा सांसदहरूले सरकारको प्रतिवेदन ढिलो प्राप्त भएको र सरकारका मन्त्रीहरुलेसमेत समितिलाई बेवास्ता गरेको धारणा राखेका थिए । माओवादी मुख्य सचेतक हितराज पाण्डेले प्रधानमन्त्री वा सरकारका कुनै मन्त्री आउनुपर्ने व्यवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।  उनले सरकारले ल्याएको अध्यादेशका बारेमासमेत आशंका व्यक्त गरे। 

त्यस्तै अन्य सांसदहरूले राज्यलाई आफ्नो कामप्रति जिम्मेवार बनाउन समितिको कामलाईसमेत प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ४ : ५७ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा