युद्धविरामको विरोध गर्दै इजरायलका सुरक्षा मन्त्रीले गरे राजीनामा « Khabarhub

युद्धविरामको विरोध गर्दै इजरायलका सुरक्षा मन्त्रीले गरे राजीनामा


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलको सरकारमा सहभागी दक्षिणपन्थी यहूदी पावर पार्टीले युद्धविराम सम्झौताको विरोधमा सरकारबाट बाहिरिने घोषणा गरेको छ।

यो कदमले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई अत्यन्त न्यून संसदीय बहुमतको अवस्थामा छोडेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

आइतबार बिहान राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-गभिर, यित्जाक वासरलौफ र अमिचाई एलियाहुले प्रधानमन्त्री नेतान्याहुलाई राजीनामा पत्र बुझाएका छन्।

बेन-गभिरले लामो समयदेखि युद्धविराम सम्झौताको विरोध गर्दै आएका थिए र गाजामा हमासविरुद्ध इजरायलको सैन्य अपरेसन जारी राख्न आग्रह गरेका थिए।

उनले प्रधानमन्त्री नेतान्याहुलाई पठाएको राजीनामा पत्रमा सरकारलाई अस्थिर बनाउन काम नगर्ने बताएका छन्।

 उनले युद्धविराम सम्झौताको कडा आलोचना गर्दै यसलाई ‘आतंकवादको पूर्ण विजय’ भनेका छन्।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : २८ बजे

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा– पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ ।

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।