निर्माणाधीन सडकमा पर्ने सम्पदा संरक्षण गर्न आग्रह | Khabarhub Khabarhub

निर्माणाधीन सडकमा पर्ने सम्पदा संरक्षण गर्न आग्रह


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल खण्डमा पर्ने पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ । 

ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको उक्त खण्डसँग सरोकार राख्ने भक्तपुर र काभ्रेपलाञ्चोकका नियामक निकाय, सडक विभाग र आयोजनालाई आग्रह गरेको हो । 

उक्त क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन (एचआइए) भइसकेको विभागले जनाएको छ । विभागका सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले एचआइएको प्रतिवेदन बमोजिम परम्परागत सामग्रीको प्रयोग गरी मौलिक स्वरुपमा पुनः निर्माण गर्न पत्राचारमार्फत आग्रह गरिएको बताए । 

 उनका अनुसार ढङ्गेधारासहित अन्य ऐतिहासिक सम्पदा पुनः निर्माण गर्दा प्राचीन स्मारक ऐन, २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भए/गरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको हो । 

यसअघि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास खण्ड आयोजनाले स्तरोन्नति भइरहेको अरनिको राजमार्गको आठ दशमलव चार किमीमा पर्ने ऐतिहासिक आठ वटा संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाएको थियो ।

उक्त संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल खण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेका आयोजनाको विवरणमा उल्लेख गरिएको छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा र जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । 

यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई अन्य सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन र स्थानान्तरण गर्नुपर्ने हुन्छ । सोही अनुसार बनाइएको वैकल्पिक ‘डिजाइन’का विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकार भएका निकायसँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ । 

‘साँगा–धुलिखेल खण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौँ, छलफलका आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दैछौँ’, आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भने । 

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । यस्तै नासिका मन्दिरको वरिपरिको भित्ता संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे निर्णय हुन बाँकी रहेको उनले बताए । 

स्थानीयले नासिका मन्दिरको ऐतिहासिकता महत्त्वपूर्ण भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका आयोजनाका इञ्जिनीयर विष्णुप्रसाद खनालले बताए । साँगाको ढुङ्गेधारा केही पर सारी पानी ट्याङ्कीसहित निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैँसेपाटीमा रहेका दुई कुवालाई दाहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहित ढुङ्गेधारा निर्माणको प्रस्ताव गरिएको छ । 

स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् । 

दुई लेन रहेको अरनिको राजमार्गको यस खण्डलाई छ लेनमा विस्तार गर्ने काम भइरहेको हो । सडकको दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ ।

यसैबीच विभागले सम्पदास्थलमा अतिक्रमण भएको जनाउँदै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालस्थित दुई तले सेतो पाटीमा राखिएका कार्यालय हटाउन नगर तथा वडा कार्यालयलाई निर्देशन दिएको छ । 

उक्त पाटीको माथिल्लो तलामा रेडक्रसको कार्यालय, ज्येष्ठ नागरिक समिति र नगरप्रमुख स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, नगर स्वास्थ्य क्लिनिक सञ्चालन हुनुका साथै सत्तलको दक्षिण–पूर्वी भागको पेटी र गारोमा फलामको रेलिङबार बनाएर पाटीको मौलिक स्वरुपलाई बिगार्ने काम भएकाले पाटीमा सञ्चालन गरिएका कार्यालय हटाउन विभागले निर्देशन दिएको हो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ३४ बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका