नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा बुटवलमा हुने « Khabarhub

नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा बुटवलमा हुने


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा तथा स्थापना दिवस-२०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ ।  

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा हुने साधारणसभाको तयारी पुरा भएको जनाए । 

उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारिता सम्मान गरिने उनले बताए । 

उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भइरहेको जानकारी दिए । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए ।  

कार्यक्रममा एसोसिएशनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले नेपालको राष्ट्रिय उत्पादनमा लुम्बिनी प्रदेशबाट कुल खाद्यान्न उत्पादनमध्ये दूधजन्य उत्पादन ४ लाख ८ हजार २०६ मेट्रिक टन अर्थात् १७ दशमलव ९ प्रतिशत रहेको बताए । 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ४१ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति