एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ « Khabarhub

एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गए राति प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षद्वारा आज प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

त्यसतै, रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्डबहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट चरेश जस्तो देखिने दुई किलो ९६ ग्रामको पदार्थसहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्रामसहित बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले शङ्का लागि निजको पसल खोजतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो । 

र, कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ९० मिलिग्रामसहित दुई जनालाई प्रहरीले गतराति पक्राउ गरेको छ । 

सोही ठाउँका २२ वर्षीय अभिषेक बसुवा र गौरीगङ्गा नगरपालिका–१ का २२ वर्षीय विष्णु गुरूङ पक्राउ परेका प्रहरीद्वारा प्रकाशित प्रहरी बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ५२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व