थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर « Khabarhub

थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीको मुद्दा हेर्दाहेर्दैमा बसेको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका जोशीबारे न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासमा थुनछेक बहस भएको थियो ।

आइतबार थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले जोशीलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । यससँगै जोशीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं हिरासतमा लगिएको छ ।

गोर्खा मिडिया नेट्वर्कमा रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) का साझेदार जोशी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा ८८ लाख धरौटी राखेर छुटेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले जोशीलाई ८८ लाख धरौटीमा छाडेपछि काठमाडौं चलेको मुद्दाका लागि उनी हाजिर भएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा ढिलोगरी हाजिर भएका जोशीको मुद्दामा पनि अब पुर्पक्षमा पठाउने या तारेखमा राख्ने आदेश हुने छ ।

यसअघि उनीसँगै कास्कीबाट ६५ लाख धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतबाट ६० धरौटी बुझाएर छुटेका छन् ।

रविविरुद्ध आइतबार जिल्ला अदातलमा रुपन्देहीमा अर्को मुद्दा दर्ता भएको छ । रुपन्देहीमा रवि र छवि दुवैलाई सहकारी ठगी र संगठित अपराधमा प्रतिवादी बनाइएको छ । रविविरुद्ध ४ करोड भन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ५३ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर