हमासद्वारा अपहृतमध्ये ३३ बन्धकको सूची सार्वजनिक, विपीन जोशी परेनन् | Khabarhub Khabarhub

हमासद्वारा अपहृतमध्ये ३३ बन्धकको सूची सार्वजनिक, विपीन जोशी परेनन्


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।

यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई ७अक्टोबर २०२३ मा अपहरण गरिएको थियो।

प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास पनि छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध छन्।

उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्।

इजरायलले हालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने छ।

हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम परेको छैन । विपीन पनि ७ अक्टोबरमा अपहरणमा परेकामध्ये एक बन्दी हुन् ।

यद्यपि पछिल्लो केही सयमयता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपीनको रिहाइका लागि कतार, इजिप्ट र इजरायली समकक्षीसँग पहल गरिरहेकी छन् । एजेन्सी

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : १४ बजे

नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

नवलपरासी । यहाँको कावासोती नगरपालिका—१ लोकाहा जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर

मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु

मध्यविन्दु– यहाँको कावासोती नगरपालिका-१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको