बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि महानगरका दुई विकल्प | Khabarhub Khabarhub

बिपी उद्यानमा रहेका व्यापारीको स्थानान्तरणका लागि महानगरका दुई विकल्प


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरी बसेका तरकारी, फलफूल तथा कपडा व्यापारीलाई स्थानान्तरणका लागि दुई वटा विकल्प दिएको छ । 

महानगरले दोस्रो पटक सार्वजनिक सूचना जारी गरेर उद्यान परिसरमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनका लागि विकल्प प्रस्ताव गरेको हो । 

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिपी उद्यान संरक्षण गर्दै व्यापारीलाई व्यवस्थित गर्न लागिएको बताए  । 

‘उद्यान परिसरमा व्यापार तथा व्यवसाय गर्दै आएका फलफूल तथा तरकारी व्यापारीलाई वडा नं १६ नगवास्थित कृषि बजारमा राख्ने व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘दोस्रो विकल्पमा वडा नं २ छपकैयाँमा ३२ कठ्ठा क्षेत्रफलमा सेड तयार पार्ने काम भइरहेको छ ।’

कर्णले सेडमा अत्यावश्यक पूर्वाधार निर्माण पूरा भएपछि बिपी उद्यान खाली गर्ने अभियानले सार्थकता पाउने बताए । ‘अहिले सेड निर्माणसँगै खाल्डाखुल्डी पुर्ने र विद्युत् जडानलगायतका काम भइरहेको छ, सेडको अत्यावश्यक संरचना तयार हुने बित्तिकै बिपी उद्यान खाली गराउँछौँ’, उनले भने ।
 
महानगरले गत पुस २० गते बिपी उद्यानमा रहेका अस्थायी घरटहरा बनाएर बसेका डोमबस्तीको संरचना भत्काएको थियो । 

यद्यपि अहिले पनि तरकारी, फलफूल तथा कपडा व्यापार भने त्यहीँ व्यापार गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत कर्णले बिपी उद्यानका अतिक्रमण गरी निर्माण गरिएका सबै पसल हटाउने प्रतिबद्धता व्यक्त गरे । 

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरी बिपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । 

उक्त म्याद गत पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बिपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक गत पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो । 

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि महानगरले गत पुस २० गते डोजर लगाएर बिपी उद्यान परिसरमा अस्थायी घरटहरा बनाएर बसेका डोम समुदायको टहरा भत्काएको थियो । बिपी उद्यान व्यवस्थित गरी पर्यटकीय गन्तव्य बनाउने महानगरको तयारी छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ५० बजे

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका