वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल « Khabarhub

वर्तमान सरकारको तानाशाह शैली छ : माधव नेपाल


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार तानाशाह शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । 

सर्लाही सदरमुकाम मलंगवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले उक्त आरोप लगाएका हुन् ।

गैर लोकतान्त्रिक आचरण बोकेको हातमा देश गएकाले उनीहरू तानाशाह शैलीमा अघि बढिरहेको नेपालले बताए। मुलुकको राजनीति सही दिशातर्फ जान नसकेको भन्दै नेता नेपालले सरकार असफल दिशामा गइरहेको दाबी गरे ।

दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ । जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।

विचाराधीन रहेका विधेयक पूरा नगरी अध्यादेश ल्याउनु गलत रहेको नेपाले बताए। 

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : १८ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति