चिनियाँ विदेशमन्त्री भोलि नेपाल आउने « Khabarhub

चिनियाँ विदेशमन्त्री भोलि नेपाल आउने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार (भोलि) नेपाल भ्रमणमा आउँदैछन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणामा भोलिबाट नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लागेको जानकारी गराएका हुन् ।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

उनले चीनको विकासबाट नेपालले बढि भन्दाबढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना रहेको बताए । छलफलमा विगतमा गरिएका रेल सेवा संचालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गर्न लागेका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ५ : ३० बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका