आज २०८१ साल माघ ७ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ ७ गते सोमबारको राशिफल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ ७ गते सोमबार माघ कृष्ण पक्षको पष्ठी उपरान्त सप्तमी तिथि। तदनुसार सन् २०२५ जनवरी २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धार्मिक अभियान्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुेछ। व्यापारमा लगानी गर्ने भए संयुक्त ढंगले गर्नु राम्रो हुनेछ।

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नयाँनयाँ आयामका शिक्षाको सुरुवात हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो प्रगति हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

कर्कट : अष्टम भावमा शनिदेव भएकाले काममा अवरोध हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा फाइदा हुनेछ। आफ्ना भन्ने साथीले कुरा काट्नेछन्। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ।

सिंहः संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ।

कन्या : छिमेकमा भएको धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। जुनसुकै काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ।

तुला : पूर्ण चन्द्रमाको साथ रहेको छ। शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ कायमका कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने हुनेछ।

वृश्चिक : दाम्पत्य जीवन सुखमय बन्नेछ। इज्जत राख्न धनको खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुने भएकाले शिक्षाका लागि समय छुट्याउनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : थोरै बोलेर जित्ने दिन छ। तपाईंले बोलेका शब्दको उल्टो अर्थ लाग्नसक्छ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। सानो कुरा पचाउनसक्ने क्षमताको विकास हुनेछ। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर बोल्नुहोला।

मकर : सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीसँग सहकार्य गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मेहनतको खाँचो देखिन्छ। महत्त्वपूर्ण कामको गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। मध्यसाढेसाती दसा भए पनि शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

मीन : चन्द्रमा प्रतिकुल भएकाले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा अझ बढी मिहिनेत गर्नुपर्नेछ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नु राम्रो हुनेछ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : १२ बजे

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज