एकीकृत समाजवादीको हिसाबकिताब : सवा ४ करोड आम्दानी गरेको पार्टी ३२ लाख घाटामा « Khabarhub

एकीकृत समाजवादीको हिसाबकिताब : सवा ४ करोड आम्दानी गरेको पार्टी ३२ लाख घाटामा


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको प्रमुख पौडेलले जानकारी दिएका छन् ।

प्रतिवेदनअनुसार समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी गरेको छ । पौडेलका अनुसार खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ रहेको छ ।

पौडेलका अनुसार गत आर्थिक वर्षमा समाजवादीको सञ्चालन खर्च ३२ लाख ८७ हजार १६४ रूपैयाँले घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भएको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन विक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रमुख पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : १४ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले