काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने « Khabarhub

काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा बृहद् कला प्रदर्शनी गर्ने भएको छ ।

जनवरी २५ देखि सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना उत्कृष्ट महिला कलाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।

डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ ।

प्रदर्शनी उद्‍घाटनअघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ द फेमिन : आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल हुने छ ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १-१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन् ।

त्यस्तै, नेपालका अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन् ।

सबै कलाकारहरूले पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन् ।

प्रदर्शनीले लिंग र शक्ति जस्ता महत्त्वपूर्ण प्रश्नहरूसँग संवाद गर्नका लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्ने ड. लोखन्डवालाको भनाइ छ ।

‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्छ जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,’ उनले भनिन् ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी गर्न लागिएएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।

‘प्रदर्शनीमार्फत् भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाहरूका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौं,’ उनले भनिन् ।

प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ ।

यसले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्नेछ । जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लिंगीय असमानता, हिंसा र सांस्कृतिक परम्पराको कठोर वास्तविकता पनि देखिन्छ।

शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनजस्ता विभिन्न कला माध्यममार्फत, प्रदर्शनीका कलाकारहरूले महिलाको जीवनकहानीलाई पुनःपरिभाषित र पुनःआकार दिनेछन्।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनासमेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा- द प्यासन (२०१२)’ ले रामायणका महिला पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्ने विश्वास छ ।

अश्मिना रञ्जितको ‘सीता ! द आइडिएल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्छ ।

त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछन् । उमा बिष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।

विधाता केसीले महिलाहरूलाई आफ्ना आकांक्षाहरू व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत् महिला सशक्तिकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।

प्रदर्शनीको औपचारिक उद्‍घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ । जनवरी २५ तारिख दिउँसो ३ बजे कलाकारहरूले दर्शकलाई आफ्ना कार्य र सिर्जनात्मकताको अनुभव सुनाउने छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ३८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय