कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता  « Khabarhub

कीन इण्डियाद्वार १४५ जनाको उद्धार गरी स्वदेश फिर्ता 


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था (कीन इण्डिया)ले १४५ जना नेपाली तथा भारतीय महिला तथा बालबालिका सहितको उद्धार गरी उनीहरू सबैलाई स्वदेश फिर्ती गरेको छ ।

आज दिल्लीस्थित किन इन्डियाको कार्यालयमा सम्पन्न बोर्डको बैठक पश्चात् प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाइएको हो । बैठकमा संस्थाका बोर्ड सदस्यहरू, नेपाल टिमका सदस्यहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरू र शुभचिन्तकहरूको भर्चुअल उपस्थिति समेत  रहेको थियो ।

बैठकमा संस्थाद्वारा पछिल्लो एक वर्षमा गरिएका कामहरूको समीक्षा गर्नुका साथै आगामी दिनहरूमा गरिने कामहरूको योजना निर्माण गरिएको छ  भने संस्थाका निर्देशक नवीन जोशीले जानकारी गराए । 

संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपितहरू विरुद्ध मुद्दा दर्ता भएको छ । संस्थाले हाल, शुभ अवसर ग्राम नेपाल, शक्ति समूह लगायत संस्थासँगको सहकार्यमा काम गरिरहेको बताए ।

उद्धार तथा स्वदेश फिर्तीको क्रममा संस्थालाई सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकायहरू, नेपाली प्रहरी, साझेदारी संस्था तथा नेपाली राजदुतावास, भारतीय प्रहरी तथा भारत सरकारका विभिन्न निकायहरू र  प्रत्यक्ष -अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा संस्थाले धन्यवाद ज्ञापन गर्नुका साथै सहयोग र समन्वय अपेक्षा राखेको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : १५ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले