२८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य « Khabarhub

२८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा रहेका २८ वटा भन्सारमध्ये १० वटा भन्सारबाट शून्य निर्यात भएको छ । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा १० वटा नाका हुँदै नेपालबाट कुनैपनि वस्तु निर्यात नभएको देखिएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार तातोपानी, सुनाैली, सुनसरी, जनकपुर, चोभार, सति, महेशपुर, राजबिराज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, थाडी र त्रिवेणी भन्सार कार्यालयबाट चालु आवको ६ महिना अवधिमा कुनैपनि वस्तु निर्यात भएको छैन ।

निर्यात शून्य भएका नाकामध्ये तातोपानी नाकाबाट कुल आयातको ३.०५ प्रतिशत वस्तु आयात भएको छ भने अन्य नाकाबाट १ प्रतिशत भन्दा कम मात्रै वस्तु आयात भएको छ ।

धेरै आयात वीरगञ्ज र सबैभन्दा कम पशुपतिनगरबाट

विभागको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा नेपालमा सबैभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ । समीक्षा अवधिमा सो नाकाबाट २ खर्ब ७५ अर्ब ७० करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३.५३ प्रतिशत हो ।

त्यस्तै, समीक्षा अवधिमा दोस्रो धेरै आयात भैरहवा भन्सार नाकाबाट १ खर्ब २३ अर्ब ९५ करोड ७३ लाख र सुख्खा बन्दरगाहबाट १ खर्ब ३ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अन्य भन्सार नाकाबाट १ खर्ब भन्दा कम मूल्य बराबरको वस्तु आयात भएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ०९ बजे

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो

विश्वकपमा क्यानडाको ऐतिहासिक जित : दुई रातो कार्ड खाएको कतार ६-० ले पराजित

काठमाडौँ – जोनाथन डेभिडको सानदार ह्याट्रिकको मद्दतले सह-आयोजक क्यानडाले विश्वकप

१० खेलाडीमा सिमित बोस्नियामाथि स्विट्जरल्यान्डको चार गोल

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर