ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील– मन्त्री थापा « Khabarhub

ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील– मन्त्री थापा


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताएकी छिन् ।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिवार आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उनले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराइन् ।

उनले भनिन् “देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ ।”

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ । उनले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उहाँहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताइन् ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : ३८ बजे

उठ्नै सकेन नेप्से, समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)